सुनको मुल्य प्रति तोला ५७ हजार चार सय रुपैयाँ
काठमाडौं, २ फागुन । स्थानिय बजारमा सुनको मुल्यमा घटबढ देखिएको छ । मंसीर र पुस महिनामा घटेको सुनको मुल्य माघ महिनामा वृद्धि भएको थियो । जसका कारण माघ ११ र १९ गते सुन प्रती तोला ५७ हजार ८ सय रुपैयाँ पुगेको थियो । तर माघ २५ गते भने सुन प्रति तोला घटेर ५६ हजार ६ सय रुपैयाँसम्म पुग्यो ।
आज स्थानिय बजारमा बुधवार पहेँलो धातु सुनको मुल्य प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको अनुसार हिजोको तुलनामा आज सुनको मुल्य प्रति तोला चार सय रुपैयाँले बढेको छ ।
तुलनात्मक रुपमा माघ महिनामा भन्दा फागुनमा विवाहको साइत बढी भएकाले सुनको व्यापार अझै बढ्ने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् । नेपाली मौलीक गहनाहरुमा सुनको अत्याधीक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्व धेरै रहेको छ ।