Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल लाइफको बीमाशुल्क आर्जन २० प्रतिशत बढ्यो

नेपाल लाइफको बीमाशुल्क आर्जन २० प्रतिशत बढ्यो

काठमाडौं, ३० साउन । नेपाल लाइफ इन्स्योरेन्सको बीमाशूल्क आर्जन १९.७८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरणमा खुद बीमाशूल्क आर्जनमा वृद्धि भएको जानकारी दिएको हो ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ मात्र खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैयाँबाट बढेर ५३ करोड ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीकोे खुद नाफा ७१ लाख रुपैयाँले बढेको दखिन्छ ।
कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ संचित रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x