Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शाओमी नेपालको अडियो श्रेणीमा ‘रेडमी इयरबड एस’को प्रवेश

शाओमी नेपालको अडियो श्रेणीमा ‘रेडमी इयरबड एस’को प्रवेश

काठमाडौं, ३० साउन । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ । टेक्नोलोजीले वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस ‘रेडमी इयरबड एस’ अडियो थप गरेको हो ।

रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनीय कम्प्याक्ट डिजाइनमा आउँने कम्पनीले जनाएको छ । म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न सकिन्छ । यसले इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्ने बताइएको छ । रेडमी इयरबड एस फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भ्वाइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।

रेडमी इयरबड एस ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यसको मूल्य ३ हजार १९९ रुपैयाँ पर्नेछ । रेडमी इयरबड एस देशभरका सम्पूर्ण आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा छिट्टै उपलब्ध हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x