दरवाङ्ग म्याग्दी जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापन

काठमाडौं, ३ फागुन । म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैँया ऋण लगानि गर्ने भएका हुन । कुल लगानि ५ अर्ब १४ करोड रुपैँया रहने परियोजनामा बाँकी स्वपुँजी रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजीको ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरिनेछ ।
सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । पानीको वहाभ ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ । दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ कि.मि. सुरुङ्ग निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेक सम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।
परियोजनामा स्थानिय लगानीकर्ताहरुका साथै एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दी ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेका छन् । वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र ग्लोवल फ्रेण्डसिप क्यापिटलका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *