Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

इप्पानमा आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

इप्पानमा आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, १ भदौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) मा कृष्ण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । इप्पानको कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
इप्पानको आगामी तीन वर्षे कार्यकालका लागि उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भएका छन् । यसअघिको कार्यसमितिमा गर्ग महासचिव र कार्की सदस्य थिए । त्यसैगरी महासचिवमा गोरे शेर्पा र सचिवमा भरतबहादुर खत्री, बलराम खतिवडा, रामप्रसाद आचार्य छनौट भएका छन् । कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् भने सदस्यहरुमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन, भरत लामिछाने थापा, कविता पोखरेल, अभिज्ञा मल्ल चयन भएका छन् ।
आगामी कार्यकालको लागि इप्पानको नेतृत्व लिएका आचार्यले मुलुकमा जलविद्युत् विकासमा संलग्न निजी क्षेत्रको चासो सम्बोधनका लागि आफूले भरपुर प्रयास गर्ने बताए । जलविद्युत् उत्पादनमा सरकारको भन्दा निजी क्षेत्रबाट हुने उत्पादन बढी छ भने प्रसारण र वितरणको चुस्त संरचनाका लागि निजी क्षेत्रले आवाज उठाउँदै आएको छ । हालै उर्जा क्षेत्रलाई नियमन गर्नका लागि विद्युत् नियमन आयोग समेत गठन भैसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x