Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र माछापुच्छ्रे बैंकबीच विनाधितो प्रोफेशनल कर्जाका लागि सम्झौता

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र माछापुच्छ्रे बैंकबीच विनाधितो प्रोफेशनल कर्जाका लागि सम्झौता

काठमाडौं, १ भदौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंक बीच एक्यानमा आवद्ध सदस्यहहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरूलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रू. १५ लाख सम्मको प्रोफेशनल कर्र्जा ९.७५ प्रतिशत ब्याज दरमा प्रदान गरिनेछ ।
सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्ले र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने वास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी दिए ।
लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष वाग्लेले बताए । साथै संघले गरेको सर्वेको प्रतिवेदन अनुसार सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको उनको भनाइ छ ।
सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ«े बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x