Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

रिचार्जरमा भदौ ११ गतेबाट मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

रिचार्जरमा भदौ ११ गतेबाट मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

काठमाडौं, ५ भदौ । मोबाइल एप रिचार्जरले भदौ ११ गतेबाट १८ गतेसम्म ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा भिन्न ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।

आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो । ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटको साथै कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफरसमेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर डाउनलोडगरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराइनेछ भने हरेक दिन एक जनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ । हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक पेज लाइभ मार्फत विजेता घोषणा गरिनेछ ।

कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । एन ९५ मास्क ३५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ । कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त ‘डबल सी’ ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध हुनेछ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x