Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युतीय माध्यमको प्रयोग गरी शेयर कारोबार गर्न ब्रोकर एसोसिएसनको आग्रह

विद्युतीय माध्यमको प्रयोग गरी शेयर कारोबार गर्न ब्रोकर एसोसिएसनको आग्रह

काठमाडौं, ५ भदौ । ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई भुक्तानी गर्दा विद्युतीय माध्यमको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । एसोसिएसनले शुक्रबार विज्ञप्ति जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्तालाई अनलाइन बैंकिङ, कनेक्ट आईपीएस लगायतका इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरुमा आवद्ध हुन आग्रह गरेको छ ।

धितोपत्र दलाल व्यवसायीहरुलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी पनि विद्युतीय माध्यमबाट मात्र गर्न अुरोध गरिएको छ । कोरोना भाइरसका कारण सरकारले निषेधाज्ञा लागु गरेको र त्यो अवस्थामा सीमित बैंकिङ कारोबार भएको अवस्थामा चेकमार्फत कारोबार गर्न असहज हुने भएकाले विद्युतीय कारोबारलाई प्रथमिकता दिइएको हो ।

नेपाल धितापत्र बोर्डले भदौ ३ गते निर्देशन जारी गरेको र १५ दिन भित्रमा धितापत्र दलाल व्यवसायी र लगानीकर्ता बीत हुन कारोबारको रकम लेनदेन विद्युतीय भुक्तानी माध्यमबाट मात्र गर्न निर्देशन दिएकोएको छ । आगामी दिनमा धितोपत्र दलाल व्यवसायीहरुले विद्युतीय माध्यमबाट भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने एशोसिएसनले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x