Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

२०२० को डुइङ विजनेस रिपोर्टमा भ्रामक तथ्यांक पेश भएको आशंका

२०२० को डुइङ विजनेस रिपोर्टमा भ्रामक तथ्यांक पेश भएको आशंका

काठमाडौं, १२ भदौ । विश्व बैंकको एक चर्चित प्रकाशन ‘डुइङ विजनेस रिपोर्ट’ २०२० र र यसअघिको सन् २०१८ को प्रतिवेदनमा तथ्यांकमा अनियमितता भएको आशंकामा यसको छानबिन शुरु भएको छ । यी प्रतिवेदन क्रमशः २०१७ र २०१९ मा प्रकाशन भएका हुन् । विश्व बैंकले तथ्यांकको निष्ठा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने र कुनै देश विशेष लक्षित नभइ एक स्वतन्त्र प्रकाशन भएकाले यसको विश्वसनीयतामा कुनै कमी आउन नदिनेमा आफू प्रतिवद्ध रहेको जनाएको छ । सन् २०२० मा नेपाल राम्रो व्यवसायिक वातावरण भएका देशको पहिलो ५० प्रतिशत भित्र अटाएको छ । १५० मध्ये नेपालको स्थान ९४औं छ । नेपालले एकैपटक वरियतामा १६ अंक सुधार गरेको थियो । विश्व बैंकले तथ्यांकको जाँचका क्रममा अनियमितता पाइए पूववर्ती प्रतिवेदनमा पनि देशहरुको वरियता हेरफेर हुनसक्ने उल्लेख गरेको छ ।
वासिंगटन स्थित विश्व बैंकको मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संस्थागत रुपमा तथ्यांक पुनरावलोकन प्रक्रियामा यसअघिका पाँच ओटा डुइङ विजनेस रिपोर्टको तुलनात्मक स्थितिको अध्ययन गर्नेछौं ।’
विश्व बैंकको आन्तरिक छानबिनबाट डुइङ विजनेस प्रतिवेदनको तथ्यांक संकलन प्रक्रिया र तथ्यांकको सत्यता र निष्पक्षताको जाँच हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x