प्रधानमन्त्री ओलीद्वारा तीन सदस्यिय मन्त्रीपरिषद् गठन, पण्डित र थममाया मन्त्रीमा नियूक्त
काठमाडौं, ३ फागुन । नवनियूक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवि भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन ।
त्यस्तै प्रधानमन्त्री ओलीले तीन सदस्यिय मन्त्री परिषद् गठन गरेका छन् । लालवावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रालय ओलीले आफैसँग राखेका छन् । माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन ।