Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुलुकको आर्थिक विकास अवको प्रमुख एजेन्डा : नेता नेपाल

मुलुकको आर्थिक विकास अवको प्रमुख एजेन्डा : नेता नेपाल

काठमाडौं, ४ फागुन । एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको सम्बृद्धि अवको प्राथमिकता भएको बताएका छन् । राजधानीमा आज आयोजित अर्थ र व्यापार साप्ताहिकको सातौ वार्षिकोत्सव कार्यक्रममा उनले मुलुकको सम्बृद्धिका लागि सबैको ध्यान आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्ने बताए।

नेता नेपालले मुलुकको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको भन्दै पर्यटकीय पूर्वाधार निर्माणमा अवको सरकारले विशेष जोड दिने बताए ।

कार्यक्रममा बैंकर्स डाक्टर रविना देशराज श्रेष्ठ, पर्यटन व्यवसायी राजन सिम्खडा, ऋषि प्रसाद नेपाल र शिव रिजाललाई सम्मानित सम्मानित गरिएको थियो । त्यस्तै नेपाल विग माउन्टेन ट्रावलका सुदर्शन नेपाललाई युवा उधमी अवार्ड २०७४ र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीलाई अर्थ व्यापार पत्रकारिता अवार्डबाट सम्मानित गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x