Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाडौं, १७ भदौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधवार सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका उनी नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x