Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरोनाको प्रभाव, अष्ट्रेलियाको अर्थतन्त्र २८ वर्षपछि मन्दी

कोरोनाको प्रभाव, अष्ट्रेलियाको अर्थतन्त्र २८ वर्षपछि मन्दी

काठमाडौं, १७ भदौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यो वर्षको दोस्रो त्रैमासिक अवधिमा भारी गिरावट आएको छ । पछिल्लो समय सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्थामा पुगेको हो ।

अप्रिलदेखि जुन महिनाको अवधिमा अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको जनाइएको छ । यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो । अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९.५ प्रतिशतले खुम्चिएको बताएका छन् ।

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन् । २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यस पटक कोरोना भाइरसका कारण रोकिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x