Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक निरन्तर उकालो लाग्दै, ४ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक निरन्तर उकालो लाग्दै, ४ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १७ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर उकालो लाग्न थालेको छ । नेप्सेले अनलाइन कारोबार शूरु गरेदेखि नै परिसूचक र कारोबार रकम निरन्तर बढ्न थालेको हो ।

बुधबार नेप्से परिसूचक २५.५८ अंक वृद्धि भई १५१०.५७ विन्दुमा रोकिएको छ । त्यस्तै आज १८६ कम्पनीको ४५ हजार २७२ पटकको कारोबारमा ९६ लाख ८६ हजार ९ कित्ता शेयर ४ अर्ब १८ करोेड रुपैयाँमा खरिद विक्री भएको छ ।

१२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य बढ्नेमा अपि पावर कम्पनी, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै चिलिमे हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, माथिल्लो तामा कोशी र हिमालयन पावर पार्टनरको शेयर मूल्य पनि ९.९० प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बीमा समूह र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x