Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक दोहोरो अंक घट्यो, २ अर्ब ७८ करोडको कारोबार

नेप्से परिसूचक दोहोरो अंक घट्यो, २ अर्ब ७८ करोडको कारोबार

काठमाडौं, २१ भदौ । साताको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक दोहोरो अंक घटेको छ । गत साताको अन्तिम दिन (बिहीबार) सामान्य अंक घटेको परिसूचक आज १०.४५ अंक घटेर १४९९.९७ विन्दुमा झरेको हो ।

त्यस्तै १९१ कम्पनीको ३४ हजार ८६३ पटकको कारोबारमा ७० लाख ३८ हजार ९९० कित्ता शेयर २ अर्ब ७८ करोड रुपैयाँमा खरिद विक्री भएको छ । सबैभन्दा बढी शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४० करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ८७१ कायम भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ९० रुपैयाँ वृद्धि भएको छ । आज उन्नति सहकार्यको प्रतिशेयर मूल्य ९९९ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये २ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । आज उद्योग समूह र म्यूचुअल फण्ड समूहको परिसूचकमा वृद्धि भएको हो । यी समूहको परिसूचक क्रमशः २.५१ प्रतिशत र ०.०५ प्रतिशत वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x