लुम्बिनी विकास बैंकका कर्मचारी र उनीहरुका परिवारलाई सेन्ट्रल डायगनोस्टिकमा विषेश छुट
काठमाडौं, २१ भदौ । लुम्बिनी विकास बैंकले कर्मचारी एवम् निजका आश्रित परिवार सदस्यहरुलाई सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरी प्रा.लि.सँग विभिन्न सेवामा छुट दिने सम्झौता गरेको छ । बैंकका डेबिट कार्डबाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई पीसीआर परीक्षण र सामान्य प्याथोलोजी परीक्षण सुविधामा १० देखी २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीका प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।
उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौं स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याब प्रा. लि.बाटसमेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले देशभरका ६८ शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।