Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महालक्ष्मी विकासका ग्राहक र परिवारले सेन्ट्रल डायगनोस्टिकको सेवामा २५ प्रतिशतसम्म छुट पाउँने

महालक्ष्मी विकासका ग्राहक र परिवारले सेन्ट्रल डायगनोस्टिकको सेवामा २५ प्रतिशतसम्म छुट पाउँने

काठमाडौं, २१ भदौ । महालक्ष्मीविकास बैंक लिमिटेडले ग्राहकहरुका लागि पीसीआरका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग सम्झौता गरेको छ । आइतबार उक्त सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शूल्कमा छुट पाउनेछन् । बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र पीसीआर परिक्षणमा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x