Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना बीमा मापदण्ड २०७७ को सम्बन्धमा बीमा समितिद्वारा सीएनआई लगायत निजीक्षेत्रसँग छलफल

कोरोना बीमा मापदण्ड २०७७ को सम्बन्धमा बीमा समितिद्वारा सीएनआई लगायत निजीक्षेत्रसँग छलफल

काठमाडौं, २१ भदौ । बीमा समितिले कोरोना बीमाको मापदण्डमा भएको व्यवस्था अन्तर्गत बीमा दाबीका लागि हाल भएका व्यवस्थाहरुमा थप परिमार्जन गरी प्रभावकारी बनाउने सम्बन्धमा निजीक्षेत्रसँग छलफल गरेको छ । समितिले काठमाडौंमा आइतवार यसबारे बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विमक संघ लगायत संस्थाहरुका पदाधिकारीहरु समक्ष छलफल कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बीमा दाकीका लागि नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरूबाट पीसीआर परीक्षण गर्दा संक्रमण प्रमाणित भएमा दाबी योग्य हुने व्यवस्थाका सम्बन्धमा छलफल गरिएको थियो ।
छलफलमा २०७७ भदौ २१ गतेसम्ममा बीमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरुमध्ये नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परीक्षण भएका दाबीहरुलाई ७ दिनभित्र भुक्तानी दिने सहमति भएको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय भन्दा बाहेककको प्रयोगशालाहरुबाट प्राप्त दाविहरुको विस्तृत छानविन गर्न बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी सो समितिको सुझावको आधारमा निर्णय गर्दै जाने सम्बन्धमा बैठकमा सहमति भएको छ ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति प्रदान गरेको अवस्थामा के कस्तो अण्डरराइटिड प्रक्रिया अवलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल सरकार अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्ष र निजीक्षेत्र समेतको प्रतिनिधित्व रहने गरी सुझाव संकलन समिति गठन गर्ने र प्राप्त सुझावको आधारमा कोरोना बीमा मापदण्ड २०७७ उपर संशोधन प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ संशोधन नभएको सम्मको लागि कोरोना बीमालेख खरिद गरेका बीमितहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा पीसीआर परीक्षण् गर्न अनुरोध गर्ने सम्बन्धमा छलफल र निर्णय भएको छ ।
नेपाल उद्योग परिसंघको प्रतिनिधित्व गर्दै परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले निजीक्षेत्रबाट प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिइ पूर्वाधार सम्पन्न स्वास्थ्य संस्थाहरुलाई पीसीआर परीषण गर्न दिएमा निजी क्षेत्रले प्रभावकारी रूपमा कार्यसम्पन्न गरी सरकारलाई सहयोग पुर्याउने विचार व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x