Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

स्थानीयलाई झोल साबुन उत्पादनमा प्रोत्साहन गर्दै भुम्लु गाउँपालिका

स्थानीयलाई झोल साबुन उत्पादनमा प्रोत्साहन गर्दै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक, २२ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले स्थानीयलाई झोल साबुन बनाउने तालिम दिएको छ । गाउँपालिकाले वाटर एडको सहयोग र सीबीक फोरमको आयोजनामा गत २० र २१ गते झोल साबुन बनाउँने तालिम दिएको हो ।

कोरोनाको माहामारी बढिरहेको बेला स्थानीयस्तरमा सेनिटाईजर उपलब्ध नहुने र सबैको पहुँचसमेत नरहने हुँदा साबुनपानिले हात धुन स्थानीय स्तरमै साबुन बनाउँन तालिम सञ्चालन गरिएको बताइएको छ ।

तालिम पश्चात् स्थानीयस्तरमै आफै साबुन बनाई प्रयोगमा ल्याउन र यसको व्यवसायिक उत्पादन गर्न सक्ने बनाउनु तालिमको उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ । तालिममा भुम्लु गाउपालिकाका ६,८,१० र ९ बाहेक अन्य वडाका २र२ जाना स्थानीयको सहभागिता थियो ।

तालिम पश्चात स्थानीयले हात धुने साबुन आफैं बनाई व्यवसायिक रुपमा झोल साबुन उत्पादन अगाडि बढन चाहे गाउँपालिकाले आवश्यक सहयोग गर्ने र उत्पादन गरिएको झोल साबुन गाउपालिकाले बजारको समेत व्यवस्थापन गरिदिने गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुँवरले बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x