Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

असोज १ देखि हिमाली तथा पहाडी जिल्लामा उडान सुचारु गर्ने तयारी

असोज १ देखि हिमाली तथा पहाडी जिल्लामा उडान सुचारु गर्ने तयारी

काठमाडौं, २२ भदौ । सरकारले आगामी असोज १ गतेदेखि सीमित पहाडी तथा हिमाली जिल्लामा आन्तरिक उडान सुचारु गर्ने तयारी गरेको छ । ५ महिना भन्दा लामो समयदेखि पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई कोरोना कहरकै बीच सुरक्षित ढंगले चलायमान बनाउने सम्बन्धमा पर्यटन क्षेत्रका सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड संक्रमण कम भएका केही जिल्लामा असोज १ देखि उडान सञ्चालनको तयारी भइरहेको बताएका हुन् ।
पर्यटन क्षेत्रलाई सुरक्षित रूपमा सुचारु गर्न सकिने मोडालिटीबारे मन्त्रालयले पर्यटन विभाग र पर्यटन बोर्डको टोली बनाई अन्तरराष्ट्रिय अभ्यासहरूको अध्ययन गरिरहेको जानकारी समेत मन्त्री भट्टराईले दिए । उक्त अध्ययनका आधारमा केही दिनमै नयाँ निर्णयमा पुगिने उनले बताए । स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गराई पर्यटन क्षेत्र क्रमशः सुचारु गर्ने पक्षमा आपूm रहेको उनको भनाइ छ । यस सम्बन्धमा यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको बताउँदै उनले औपचारिक प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए ।
सरकारले भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान खोलेको छ । अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विमानस्थलमै पीसीआर परीक्षणको व्यवस्था गरी छिट्टै रिपोर्ट आउने प्रक्रियाबारे छलफल भएको पनि मन्त्री भट्टराईले बताए । पर्यटन मन्त्रालयले यसका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको उनको भनाइ छ । यस्तै कोरोनाको प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘देशदर्शन’ कार्यक्रमलाई प्रभावकारी रूपमा बढाइने भन्दै उनले यसबाट लाखौं आन्तरिक पर्यटकको चहलपहल गराउन सकिने र अर्थतन्त्र चलायमान राख्न टेवा पुग्ने आशा व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x