Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डेढ महिनामा ६ अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

डेढ महिनामा ६ अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, २२ भदौ । कोरोना महामारीको बेला पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको डेढ महिना अवधिमा मुलुकमा विभिन्न प्रकारका उद्योग स्थापनाका लागि ६ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएको उद्योग विभागले बताएको छ । उक्त अवधिमा ३३ ओटा उद्योग स्थापनाका लागि विभागसमक्ष कुल रू. ६ अर्ब २१ करोड ३५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।
उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता गरिएको रकममध्ये चीनको हिस्सा सबैभन्दा बढी छ । सो अवधिमा चीनबाट ५ अर्ब ९० करोड ८० लाखको प्रतिबद्धता आएको छ । चिनियाँ व्यवसायीले मुलुकमा २८ वटा उद्योग स्थापनाका लागि उक्त लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यस्तै भारतीय व्यवसायीले १५ करोड लगानी गर्ने प्रतिबद्धता गरेका छन् । दुईवटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको हो । साथै बेलायती व्यवसायीले दुईवटा उद्योगका लागि १० करोड ५५ लाख र दक्षिण कोरियाका व्यवसायीले एक उद्योगका लागि ५ करोड रुपैयाँको लगानी प्रतिबद्धता गरेका हुन् ।
उत्पादनमूलक, सेवा र पर्यटनमूलक उद्योगमा उक्त लगानी गर्ने प्रतिबद्धता गरिएको हो । उद्योग विभागका अनुसार अन्तर्राष्ट्रिय उडान सहज नहुँदा लगानीकर्ता नेपाल आउन नसक्ने भएकाले उनीहरूले नेपालस्थित आफ्ना प्रतिनिधिमार्फत नेपालको उद्योगमा लगानी प्रतिबद्धता गरेका हुन् । उक्त उद्योग स्थापनापछि १ हजार ५८१ जनाले रोजगारी पाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x