Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आजदेखी बिहिवारसम्म बैंकका काउन्टर खुल्ल हुने

आजदेखी बिहिवारसम्म बैंकका काउन्टर खुल्ल हुने

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर बिहिवारसम्म खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x