Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘कोभिड संकटकै बीच पर्यटक भित्र्याउन नीतिगत व्यवस्थामा सुधारको खाँचो’

‘कोभिड संकटकै बीच पर्यटक भित्र्याउन नीतिगत व्यवस्थामा सुधारको खाँचो’

काठमाडौं, २३ भदौ । नेपालमा कोभिड संकटकै बीच पर्यटक भित्र्याउन नीतिगत व्यवस्थामा सुधारको खाँचो रहेको सरोकारवालाहरूले औंल्याएका छन् । कोभिड–१९ महामारीकै बीच मुलुकमा पर्यटक आगमनको वातावरण बनाउन नीतिगत व्यवस्थाको सुधार आवश्यक भएको नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा सोमवार आयोजित भच्र्युअल कन्फ्रेरेन्समा सहभागी सरोकारवालाहरूले बताएका हुन् । यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा, बीमा लगायत विषय समेटेर तत्काल प्याकेज ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
पर्यटन प्रवद्र्धनको सन्दर्भमा हालको संकटकै अवस्थामा पनि आगामी दिन दिनको तयारी थाल्न उनीहरूले सरकारलाई सुझाएका छन् । पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रको सुधार हुन नसक्ने भन्दै उनीहरूले आवश्यक तयारीमा जट्न ढिलाइ गर्न नहुने बताए ।
कोरोना कारण शिथिल पर्यटन व्यवसायमा देखिएको संकट व्यवस्थापन गर्न निजीक्षेत्र तयार रहे पनि सरकारले निजीक्षेत्रलाई अविश्वास गरेको आरोप उनीहरूको थियो । अहिलेको संकटको घडीमा सरकारले अग्रपंक्तिमा रहेर निजीक्षेत्रसँग सहकार्य गर्दै जानुपर्नेमा त्यसो हुन नसकेको उनीहरूको भनाइ छ ।
पर्यटन व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजीक्षेत्रबीच समन्वयको खाँचो औंल्याए । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले महामारीको समयमा सबै क्षेत्र संकटमा भए पनि पर्यटन थप समस्यामा परेको भन्दै यसबाट अगाडि बढ्न सरकारले सबैको साथ लिएर अघि बढ्नुपर्ने बताए । कोभिडका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको अहिलेको अवस्थामा सन्त्रासलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई गति दिनुपर्नेमा उनको जोड थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x