नेपाल एसबीआई बैंकको सिइओको जिम्मेवारी डेलेलाई

काठमाडौं, २३ भदौ । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दीपककुमार डेलेले सम्हालने भएका छन । हालका सिइओ अनुकूल भटनागरलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएर उनलाइ जिम्मेवारी दिन लागेको हो ।

बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउन स्वीकृति दिएको हो । उनलाई भदौ १९ देखि भारत फिर्ता हुन बैंकले स्वीकृति दिइएको हो । त्यस्तै सोही बैठकले डेले पद बहाल नहुँदासम्मका लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *