मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं, २३ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई सहुतियत सेवा दिन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै बैंकले काठमाडौंमा रहेका विभिन्न संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
जसअन्तर्गत, बसुन्धारामा रहेको काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजनकन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थकियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।
यो सम्झौतासँगै बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीकालागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै लाजिम्पाट, चाबहिल र वौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवाका लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्राण्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
त्यस्तै काठमाडौं अनामनगरमा रहेको डाक्टर अन कलका विभिन्न सेवा लिदा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवाअन्तर्गत स्वास्थ्य सम्बन्धी सेवाहरु डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।
त्यसैगरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थकियरका विभिन्न सेवामा १० प्रतिशत छुट र पीसीआर परिक्षणमा ४०० छुटको व्यवस्था गरिएको छ । कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसीआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।