Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

नेप्से परिसूचक ७.३५ अंक बढ्यो, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक ७.३५ अंक बढ्यो, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २३ भदौं । मंगलबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । गत पछिल्ला कारोबार दिनहरुमा लगातार घटेको बजार आज भने ७.३५ अंक वृद्धि भई १४९५.१५ विन्दुमा रोकिएको छ ।

१९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा ४१ लाख ८० हजार ८१६ कित्ता शेयर एक अर्ब ७९ करोड ८३ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
आज ३ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ९.९० प्रतिशतभन्दा बढी शेयर मूल्य वृद्धि हुनेमा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड, उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य ३०८ रुपैयाँ वृद्धि भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ३ हजार ३९० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी उन्नति सहकार्यको १०९ रुपैयाँ शेयर मूल्य वृद्धि भई अन्तिम शेयर मूल्य १ हजार २०७ रुपैयाँ कायम भएको छ भने एनआरएन लघुवित्तको ६९ रुपैयाँ वृद्धि भई ७६५ रुपैयाँ कायम भएको छ ।

जोशी हाईड्रो पावर कम्पनी लिमिटेडको पनि शेयर मूल्य ९ प्रतिशत वृद्धि भएको छ ।

आज एनआरएन इन्फ्राइष्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशत घटेर ३९३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएक १२ समूहमध्ये बैंकिङ्ग र होटल समूहबाहेक बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ्ग समूहको ०.२४ प्रतिशत र होटल समूहको ०.३३ प्रतिशत परिसूचक घटेको छ । आज सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । उद्योग समूहको परिसूचक ८.५८ प्रतिशत वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *