Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

डेन्टल एसोसिएसनमा आवद्ध संस्थाले विनाधितो १५ लाखसम्मको कर्जा सुविधा पाउने

डेन्टल एसोसिएसनमा आवद्ध संस्थाले विनाधितो १५ लाखसम्मको कर्जा सुविधा पाउने

काठमाडौं, २५ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल डेन्टल एसोसिएसनसँग बैंकिङ सेवाहरू उपलब्ध गराउनसम्बन्धी सम्झौता गरेको छ । यो सम्झौताअनुसार डेन्टल एसोसिएसनसँग आवद्ध सदस्य तथा त्यहाँ आवद्ध संस्थाका कर्मचारीहरूलाई बैंकले विभिन्न बैंकिङ सेवाका साथै विनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा सुविधा पाउने छन् ।

सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । यो कर्जाअन्तर्गत कर्जावालालाई १ लाख रुपैयाँसम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ। सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट यो सेवा उपयोग गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *