Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

असोज १ देखि सबै प्रकारको सार्वजनिक सवारीसाधन चलाउने यातायात व्यवसायीको निर्णय

असोज १ देखि सबै प्रकारको सार्वजनिक सवारीसाधन चलाउने यातायात व्यवसायीको निर्णय

काठमाडौं, २५ भदौ । यातायात व्यवसायीले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनले बुधवार असोज १ गतेदेखि लामो तथा छोटो दुवै दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेका छन् ।
कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि गत चैत ११ देखि लकडाउनसँगै सार्वजनिक यातायातमा निषेध गरिएको थियो । चार महिनासम्म गरिएको लकडाउनपछि असार २५ गते सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्यत्र जिल्लाभित्रै सीमित रहनेगरी सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णय गरेको थियो ।
पुनः सरकारले भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरूमा लकडाउन तथा निषेधाज्ञाले सार्वजनिक सवारीसाधन चल्न सकेका थिएनन् । फेरि पनि निषेधाज्ञा गरिए आपैmसार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी सम्बद्ध व्यवसायीले दिएका छन् ।
सरकारले बनाएको मापदण्डअनुसार सिट क्षमताभन्दा आधा यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गरिने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बताएको छ । सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने निर्णयसहितको माग गरी व्यवसायीहरू यातायात व्यवस्था विभागमा पुगेका थिए । उनीहरूले विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारसँग यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए । महानिर्देशक हमालले व्यवसायीका मागबारे मन्त्रालयलाई जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसबारे यातायात व्यवसायीका संगठनले आज (बिहीवार) यातायातमन्त्री वसन्त नेम्वाङलाई समेत भेट्नेकार्यक्रम रहेको छ ।
महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजारभन्दा बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यस क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x