Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनको मूल्य बिहीबार पनि बढ्यो

सुनको मूल्य बिहीबार पनि बढ्यो

काठमाडौं, २५ भदौ । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार ९५ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी १ हजार ३ सय ३५ रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x