Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकको ‘भाइबर कम्यूनिटी’, प्रथम पुरस्कार स्मार्ट मोवाइल

एनआईसी एशिया बैंकको ‘भाइबर कम्यूनिटी’, प्रथम पुरस्कार स्मार्ट मोवाइल

काठमाडौं, २५ भदौ । एनआईसी एशिया बैंकले ‘भाइबर कम्यूनिटी’ मार्फत आजबाट क्वज कार्यक्रम खुल्ला गरेको छ । बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआइसी एशिया क्वज’ योजना सार्वजनिक गरेको हो ।

यो योजनामा बैंक ग्राहक र अन्यले पनि सहभागिता जनाउँन सक्ने छन् । सहभागिले बैंकको ‘भाइबर कम्यूनिटी’मार्फत सोधिने प्रश्नको सही जवाफ दिएर योजनामा भदौ २५ गते (आज)देखि असोज १५ गतेसम्म सहभागी जनाउँन सकिने छ । सहभागीहरूले दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर दिनुपर्ने छ ।

यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने छन् । धेरै सही जवाफ दिने त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना हुने छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ । सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कार स्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पानासोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रोदरहुडको तर्फबाट भ्याकुम क्लिनर, इलेक्टोनिकको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुधाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १र१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जनालाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० रुपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको एनआइसी एशिया क्वज योजनामा सहभागीता जनाउन सकिने छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x