Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

अर्थमन्त्रीमा प्रधानमन्त्रीको एक मात्र रोजाई विष्णु पौडेल !

अर्थमन्त्रीमा प्रधानमन्त्रीको एक मात्र रोजाई विष्णु पौडेल !

काठमाडौं, २५ भदौ । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएसँगै अहिले सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका छन् । राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेसँगै खतिवडा अर्थमन्त्रीबाट बाहिरिएका हुन ।

उनको बहिरगर्मनसँगै अब मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारी कसलाई दिने भन्नेबारे तीब्र छलफल भइरहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वयंमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेताहरुसँग अर्थ सहित अन्य रिक्त मन्त्रालयमा मन्त्रीहरुको नियुक्तीबारे छलफल गरिरहेको बुझिएको छ ।

गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएसँगै अबको उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी उनैले पाउने चर्चा पनि बजारमा छ । तर उनलाई अहिलेकै अवस्थामा मन्त्री बनाउन संविधानले नदिने कानुनविद् बताउछन् ।

संविधानमा के छ ?

संविधानले मन्त्रिपरिषद् गठनको व्यवस्था धारा ७६ मा गरेको छ। धारा ७६(९) मा संघीय संसद्को सदस्य नरहेको व्यक्ति मन्त्री हुन नसक्ने व्यवस्था गरेको छ।तर, संविधानको धारा ७८(१) मा संघीय संसद्को सदस्य नरहेको व्यक्ति पनि मन्त्री हुन सक्ने व्यवस्था गरेको छ। तर मन्त्री नियुक्‍त भएको ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने समेत व्यवस्था छ। सदस्यता प्राप्त नगरे तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर मन्त्री हुन नसक्ने व्यवस्था गरेको छ। धारा ७८(४) ले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति ७८(१) बमोजिम मन्त्री हुन नसक्ने व्यवस्था गरेको छ। अर्थात् चुनाव हारेको व्यक्ति पछि सांसद बन्नेगरि मन्त्री बन्न पाउँदैन।

गौतम २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वर्दिया १ बाट पराजित भएका थिए। त्यसकारण अहिलेकै व्यवस्था अनुसार उनी मन्त्री बन्न सक्दैनन् । उनलाई मन्त्री बनाउने हो भने संविधान नै संशोधन गर्नुपर्ने जानकार बताउछन् ।

अबको अर्थमन्त्री को ?

अर्थमन्त्रीमा गौतम सहित पार्टीका महासचिव विष्णु पौडेल, नेता सुरेन्द्र पाण्डे र अर्का नेता जर्नादन शर्माको नाम चर्चामा छ । पाण्डेलाई अर्थमन्त्री बनाउन दाहालले विशेष रुची देखाएका छन् । उनले यसअघि नै खतिवडालाई हटाएर पाण्डेलाई मन्त्री बनाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।

तर प्रधानमन्त्री ओलीको एक्ला रोजाइ भने पौडेल भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार संविधान संशोधन गरि गौतमलाई मन्त्री बनाउने पक्षमा ओली र दाहाल दुबै छैनन् । पौडेललाई अर्थमन्त्री बनाउन पार्टीभित्र छलफल गरिरहेको बुझिएको छ । पौडेललाई अर्थमन्त्री बनाउदाँ गौतमले समेत विरोध नजनाउने हुँदा चर्चा धेरैको भएपनि उनको विकल्प खोज्ने पक्षमा प्रधानमन्त्री छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *