Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सामुहिक लगानी कोष संशोधित नियमावली लागु, एक्जिट फि योजनाको आयमा लेखाङ्कन गर्नु पर्ने

सामुहिक लगानी कोष संशोधित नियमावली लागु, एक्जिट फि योजनाको आयमा लेखाङ्कन गर्नु पर्ने

काठमाडौं, २५ भदौ । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयले स्वीकृती दिएको सामुहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ लागु गरेको छ । बोर्डले भदौ २४ गते (बुधबार)देखि उक्त संशोधित नियमावली लागु गरेको हो ।

बोर्डले संशोधनमार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुनः खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ । यस अघि उक्त आयको लेखाङ्कन योजना व्यवस्थापकले गर्ने गरेका थिए । यो व्यवस्थाले इकाईधनी (लगानीकर्ता) को कोष मजबुत भइ बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डले उल्लेख गरेको छ ।

त्यस्तै उक्त नियामवलीको नियम ४० को उपनियम ४ मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिएर नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि बोर्डबाट स्वीकृती लिएर मात्र नियुक्ति गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामुहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताको हित हुने बोर्डले अपेक्षा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x