शाओमीको ‘रेडमी ९सी’ र ‘मी स्मार्टब्यान्ड५’ नेपालमा सार्वजनिक

काठमाडौं, २६ भदौ । शाओमीले ‘रेडमी ९सी’ स्मार्टफोन र ‘मी स्मार्टब्यान्ड५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । बजेट सेग्मेन्टको स्मार्टफोन ‘रेडमी ९सी’ बिहीवारदेखि नेपाली बजारमा सार्वजनिक गरेको ग्लोबल टेक्नोलोजी लिडरले बताएको छ ।
६.५३ इन्च डट ड्रप डिस्प्ले भएको यो ‘रेडमी ९सी’ फोन ब्याट्री क्षमताका हिसाबले प्रयोगकर्ताले उत्कृष्ट अनुभव गर्ने कम्पनीको विश्वास छ । यसको ब्याट्री क्षमता ५ हजार एमएएच क्षमताको छ ।
मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेट भएको यसमा ३ ओटा क्यामेरा सेटिङ छ । १३ मेगापिक्सेल सेन्सरको प्राइमरी क्यामेरा भएको यो फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश रहेको छ । सेल्फी क्यामेरा भने ५ एमपी सेन्सरको छ ।
यो मोडलका फोन सनराइज ओरेञ्ज, ट्विलाइट ब्लू र मिडनाइट ग्रेमा रंङमा उपलब्ध हुने कम्पनीले बताएको छ । २ जीबी ¥याम र ३२ जीबी स्टोरेज भएको फोनको मूल्य रू. १२ हजार ९९९ कायम गरिएको छ भने ३ जीबी ¥याम र ६४ जीबी स्टोरेज क्षमताको फोनको मूल्य रू. १४ हजार ९९९ छ ।
‘प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं’, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरूले हामीप्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरूलाई सबैमाझ पु¥याउनु हो ।’
यस्तै कम्पनीले ‘मी स्मार्टब्यान्ड५’ पनि सार्वजनिक गरेको छ । रू.४ हजार ४९९ मा उपलब्ध हुने स्मार्टब्यान्ड पहिलाको भन्दा ठूलो र उत्कृष्ट भएको कम्पनीको दाबी छ । मी स्मार्टब्यान्ड५ मा ठूलो १.१ इन्च कलर एमोलेड डिस्प्ले छ । प्रयोगकर्ताले ६५ ओटा भन्दा भन्दा बढी विभिन्न डिस्प्ले र ६ ओटा स्लिक ब्यान्ड कलर चयन गरेर प्रयोग गर्न सक्ने छन् । यसको ब्याट्रीले निन्तर १४ दिनसम्म साथ दिने कम्पनीको भनाइ छ ।
यस्तै कम्पनीले रू.२ हजार ९९ मूल्य पर्ने रेडमी सोनिकबेस वायरलेस इयरफोन समेत सार्वजनिक गरेको छ । यी सबै उत्पादनहरू आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।