Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कुल बजार पूँजीकरण २० खर्ब माथि

कुल बजार पूँजीकरण २० खर्ब माथि

काठमाडौैं, २७ भदौ । शेयर बजारको कुल पूँजीकरण २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख रुपैयाँ पुगेको छ । बजार पूँजीकरण शेयर बजारले ऐतिहासिक विन्दु कायम गरेको अवधिकै हाराहारीमा हो । नेप्सेले कारोबारमा ऐतिहासिक विन्दु विसं २०७३ साउन १२ गते १ हजार ८८१ कायम गरेको थियो । त्यस दिन कुल बजार पूँजीकरण रकम २० खर्ब ५४ अर्ब ५४ करोड ५० लाख रुपैयाँ थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा प्रयाप्त तरलता र सस्तो ब्याजदरका कारण शेयर बजारमा लगानी बढेको बजार विश्लेषकहरुले बताएका छन् । सबै क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त भइरहँदा शेयर बजारलाई पूर्ण प्रविधिमैत्री बनाइ कारोबार सञ्चालन गरिएकाले पनि यो क्षेत्र लगानीको प्रमुख आकर्षण बनेको बताइएको छ ।

गत साता बजारमा ११ अर्ब ९० करोड २४ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको थियो भने यो साता भने कारोबार रकममा ३७ करोड ९८ लाख ९ हजार रुपैयाँले कमी आएको छ । यो साता ११ अर्ब ५२ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो साता अन्तिम कारोबार दिन नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या आउँदा बजार प्रभावित भएको थियो । नेप्सेले प्रभावित अवधि थप गरी बिहीवार साँझ ५ बजेसम्म बजार सञ्चालन गरको थियो । टिएमएसको समस्याका कारण १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म बजार बन्द भएको थियो । यो साता लगानीकर्ताहरु साना कम्पनीहरुको शेयरमा बढी आकर्षित भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x