Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

५ वटा ब्राण्डका ह्याण्ड स्यानीटाइजरमा विषाक्त रसायन प्रयोग, उपभोग नगर्न आग्रह

५ वटा ब्राण्डका ह्याण्ड स्यानीटाइजरमा विषाक्त रसायन प्रयोग, उपभोग नगर्न आग्रह

काठमाडौं, २७ भदौ । विभिन्न कम्पनीले उत्पादन गर्ने ह्यान्ड स्यानीटाइजरमध्ये ५ कम्पनीका उत्पादनमा विषक्त रसायन मीथानोल प्रयोग गरिएको पाइएको छ । औषधि व्यवस्था विभागले गरेको नमूना परिक्षणमा इष्टेण्ट ह्याण्ड स्यानीटाइजर, इष्टेण्ट ह्याण्ड स्यानीटाइजर ओर्जिनल, एड्भान्स्ड ह्याण्ड स्यानीटाइजर, इष्टेण्ट ह्याण्ड स्यानीटाइजर रिफ्रेसिङ जेल र सूर्यामुखी ह्याडण्ड स्यानीटाइजरमा मापदण्ड विपरित विषाक्त रसायन समावेश गरिएको पाइएको हो । उक्त ब्राण्डका स्यानीटाइजरमा भएको मीथानोलले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने विभागले जनाएको छ ।

स्ष्टेण्ट ह्याण्ड स्यानीटाइजर भक्तपुरमा रहेको नेपाल कयाकल्पा उद्योगले उत्पादन गर्दै आएको छ । त्यस्तै स्ष्टेण्ट ह्याण्ड स्यानीटाइजर ओर्जिनल काठमाडौंमा रहेको हाइजिन सोप एण्ड केमिकल प्रा.लि., एड्भान्स्ड ह्याण्ड स्यानीटाइजर काठमाडौंमा रहेको आधार केमिकलस् एण्ड फुड इन्डष्टि प्रा.लि., इष्टेण्ट ह्याण्ड स्यानीटाइजर रिफ्रेसिङ जेल काठमाडौंको सर्च चेम किम हर्वल प्रोडक्टस् र सूर्यामुखी ह्याडण्ड स्यानीटाइजर पनि काठमाडौंमा रहेको सूर्यमुखी हर्वल प्रोडक्टस्ले उत्पादन गर्दै आएका थिए ।

उक्त कम्पनीहरुले उत्पादन गर्दै आएका स्यानीटाइजरहरु प्रयोग नगर्न सर्वसाधारणलाई सुझाएको छ । त्यस्तै यी कम्पनीलाई स्यानीटाइजर विक्री वितरणका साथै उत्पादन रोक्न सूचित गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x