Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

४५ स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै

४५ स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौं, २८ भदौ । औद्योगिक नीति, २०६७ कार्यान्वयनमा आएसँगै हाल मुलुकका ४५ स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको काम भइरहेको बताइएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति अनुसार गत आर्थिक वर्षमा उक्त स्थानीय स्थानीय तहलाई सहयोग उपलब्ध गराएर औद्योगिक ग्राम निर्माणको काम अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार औद्योगिक ग्राम स्थापनाका लागि अनुदान स्वीकृत भएकामा प्रदेश १ र २ मा चार÷चार, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा नौ, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा पाँचवटा स्थानीय तह छन् । थप स्थानीय तहमा औद्योगिक ग्राम विस्तारका क्रममा चालू आव २०७७÷७८ मा थप १३० ओटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न स्थानीय तहहरूबाट प्रस्ताव आह्वान गरिएको छ ।
मन्त्रालयले गत वर्षदेखि एउटा स्थानीय तहमा एक औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि ९२ लाख रुपियाँ प्रदान गर्दै आएको छ । ४५ मध्ये ४३ स्थानीय तहले एउटा औद्योगिक ग्रामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ९२ लाख रुपियाँ सहयोग लिएका छन् । गत वर्ष मन्त्रालयले ३९ करोड ५६ लाख रुपियाँ वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x