Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सुर्खेतमा आईएमइ जनरल इन्स्यारेन्सको शाखा

सुर्खेतमा आईएमइ जनरल इन्स्यारेन्सको शाखा

काठमाडौं, ७ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ । आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्य अनुरुप सो स्थानमा शाखा स्थापना गरिएको बताइएको छ।

उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संचालक राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराए ।

यो सहित कम्पनीले २८ शाखा कार्यालय , ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा दिदै आएको छ । निकट भविष्यमानै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *