सरकारले छिटै पूर्णता पाउछ ः प्रधानमन्त्री ओली

काठमाडौं,७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलिले अब केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज टुडिखेलमा आयोजित विशेष कार्यक्रममा उनले सरकारलाई पूर्णता दिनेबारे आवश्यक गृहकार्य भइरहेको भन्दै सो कुरा बताएका हुन ।

कानुनी शासनको सुदृणीकरण, सुशासन ,स्थिरता ,विकास र सम्वृद्दि अवको आवश्यकता रहेको भन्दै यसका लागि सरकार दतचित भएर लाग्ने बताए । ६८ औं प्रजातन्त्र दिवस काठमाडौंको टुडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, सुरक्षा निकायका प्रमुख लगायत अन्य उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *