Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मनसुन शुरू भएयता हालसम्म बाढीपहिरोबाट मुलुकभर २२६ स्थानमा सडक तथा पुलमा क्षति

मनसुन शुरू भएयता हालसम्म बाढीपहिरोबाट मुलुकभर २२६ स्थानमा सडक तथा पुलमा क्षति

काठमाडौं, ३१ भदौ । यस वर्ष मनसुन शुरू भएयता हालसम्म मुलुकभर २२६ स्थानमा सडक तथा पुलमा क्षति भएको पाइएको छ । असार अन्तिम सातादेखि हालसम्म देशका उक्त स्थानमा सडक तथा पुलमा क्षति पुगेको सडक विभागले बताएको । यस्तै देशभर अहिले विभिन्न ११ स्थानका सडक अवरुद्ध रहेको र १०० भन्दा बढी स्थानमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा आएको विभागको तथ्यांक छ ।
बाढीपहिरोले सबैभन्दा बढी क्षति अरनिको राजमार्गका विभिन्न स्थानमा भएको विभागले बताएको छ । उक्त राजमार्गपछि साँफे–मार्तडी र उत्तरी–दक्षिण करिडोरको बेनी–जोमसोम खण्डमा धेरै क्षति पुगेको जानकारी विभागका प्रवक्ता शिवहरि सापकोटाले दिएका छन् । विभागका अनुसार अरनिको राजमार्गमा पहिरो, खोलाले क्षति पुगेका पुल र सडकहरू आंशिक र एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् । यस राजमार्गमा विभिन्न १५ स्थानमा सडक तथा पुलमा क्षति पुगेको छ ।
विभागका अनुसार बाढीपहिरोका कारण क्षतिग्रस्त सडक र पुलहरू बनाउन रू. ३ अर्बभन्दा बढी लगानी आवश्यक हुने प्रारम्भिक अनुमान गरिएको छ । राजमार्ग तथा अन्य सडक खण्डका धेरै स्थानका सडक, बेलिब्रिज, बन्दै गरेका पुल भत्किँदा ठूलो क्षति भएकाले मर्मत सम्भारका लागि धेरै लगानी लाग्ने देखिएको विभागको भनाइ छ । क्षतिग्रस्त सडक तथा पुल निर्माण÷मर्मतसम्भारका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग बजेट माग गरेको र त्यसपछि कार्यालयहरूमा अख्तियारी दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x