Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सस्तो शेयर मूल्य भएका हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

सस्तो शेयर मूल्य भएका हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौं, ३१ भदौ । बुधबार (आज) सर्वाधिक शेयर मूल्य वृद्धि हुने १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । आज लगानीकर्ताहरुको आकर्षण सस्तो शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीमा बढेको छ ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, घलेम्दी हाइड्रो कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशत वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । सिनर्जी पावरको प्रतिशेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ भने घलेम्दी हाइड्रोको ८८ र बरुण हाइड्रोपावरको १३२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै यूनाइटेड मोदि हाइड्रोपावर लिमिटेड, छ्यांदी हाइड्रोपावर लिमिटेड, ङ्गादी ग्रुप पावर लिमिटेड र रइराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यी कम्पनीको अन्तिम शेयर मूल्य क्रमशः १३४, १२३, १५८ र १३६ रुपैयाँ कायम भएको छ ।

आज नेप्से परिसूचक ५.३६ अंक वृद्धि भई १५४१.४० विन्दुमा रोकिएको छ । १९४ कम्पनीको ३० हजार ५९० पटकको कारोबारमा ६३ लाख ९० हजार ८३ कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ्ग समूहको ०.३७ प्रतशित परिसूचक घटेको हो । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि होटल समूहको भएको छ । यो समूहको ९.०४ प्रतिशत परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x