Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकले ल्यायो चाडपर्व योजना, कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुँने

नबिल बैंकले ल्यायो चाडपर्व योजना, कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुँने

काठमाडौं, १ असोज । नबिल बैंक लिमिटेडले ‘नबिल बैंक चाडपर्व योजना’ सार्वजनिक गरेको छ । बैंलले नेपालीहरुको महान चार्ड दशैं र तिहारलाई मध्येनजर गर्दै व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट तथा घर कर्जामा उच्च व्याजदर र कर्जाको हकमा लागत घटाउँने योजना शुरू गरेको हो ।

व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले कोरोना महामारीका कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउन्ँे बैंकले आशा गरेको छ ।

यस योजनाअन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९ प्रतिशत व्याजदर प्रदान गरिने बैंकले जनाएको छ । १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत व्याजदर प्रदान गर्नुका साथै २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत र ५ व्ँर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत व्याजदर प्रदान गरिनेछ ।

साथै, बैकबाट प्रवाह गरिने अन्य कर्जाहरुमा पनि ८ प्रतिशतभन्दा तल व्याजदर कायम गरिने भएको छ । घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत व्याजदर कायम गरिने बैंकले जनाएको छ ।

साना तथा मझौला कर्जामा एक करोड रुपैयाँसम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत व्याजदर कायम गरिने बैंकले जानकारी दिएको छ । यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने बैंकले बताएको छ ।

हाल बैंकले ११९ शाखा कार्यालय, १८५ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x