Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्से परिसूचक ३० अंक बढ्यो, ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

नेप्से परिसूचक ३० अंक बढ्यो, ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं, १ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७८ अंक वृद्धि भई १५७२.१९ विन्दुमा उक्लिएको छ । परिसूक गत कारोबार दिनको तुलनामा २ प्रतिशत वृद्धि भएको हो ।

आज ४५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । जसमा ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ भने बाँकी ४१ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्य १० प्रतिशत वृद्धि हुनेमा हिमाल दोलाखा हाइड्रो कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तारागाउँ रेजेन्सी होटल लिमिटेड र सोल्टी होटल लिमिटेड रहेका छन् ।

त्यस्तै १९१ कम्पनीको एक करोड, १८ लाख ३०४ कित्ता शेयर ३ अर्ब ३१ करोड ५६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर सर्वाधिक खरिद विक्री भएको छ । यो कम्पनीको १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ८७६ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । निर्जीवन बीमा समूहको ०.०१ प्रतिशत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटल समूहको भएको छ । यो समूहको ९.३७ प्रतिशत परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x