Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

महामारीबीच पनि नेपालको मानव पुँजी विकास सुधार भएको विश्व बैंकको दाबी

महामारीबीच पनि नेपालको मानव पुँजी विकास सुधार भएको विश्व बैंकको दाबी

काठमाडौं, २ असोज । कोरोना भाइरस महामारी (कोभिड–१९) ले विश्वभर स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासका उपलब्धि गुम्ने जोखिम रहीरहेका बेला विश्व बैंकले नेपालको मानव पुँजी विकासमा भने सुधार भएको विश्व बैंकले जनाएको छ । महामारीका कारण खासगरी गरिब देशहरु धेरै मारमा परेका छन् । मानव पुँजी खासगरी बालबालिकाको ज्ञान, सीप, स्वास्थ्य आदिमा लगानीमार्फत् उनीहरुमा सबै सम्भवनाको विकास गरी राष्ट्रको आर्थिक विकासमा योगदान गर्न सक्षम बनाउनु हो ।
विश्व बैंकको २०२०, मानव पुँजी विकास सूचकांकले महामारी अघि धेरैजसो देशहरुले बालबालिकामा लगानी बढाउँदै क्रमशः मानव पुँजी विकासमा गति लिएका थिए । तर महामारीले न्यून आय भएका मुलुकहरुलाई ठूलो धक्का दिएको छ । नेपालमा आज जन्मिएको बच्चा ठूलो भएर पूर्ण रुपमा शिक्षा र स्वास्थ्य सुविधा प्राप्त गरेर ५० प्रतिशत उत्पादकत्व रहने विश्व बैंकको अध्ययनले जनाएको छ । यो दक्षिण एसियामा समान आय भएका मुलुकहरुको औसतभन्दा उच्च हो । नेपालले विद्यालय भर्नादर, विद्यार्थीको सिकाइ संस्थागत गर्ने काममा गरेको सुधारका आधारमा यो प्रगति हासिल गरेको हो ।
‘मानव पुँजीमा लगानी पूर्वाधारमा लगानी जत्तिकै महत्वपूर्ण छ । स्वस्थ र बढी उत्पादकत्व भएको श्रमशक्तिले दीर्घकालमा ठूलो प्रतिफल दिन्छ,’ विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘नेपालमा महामारीपछिको आर्थिक पुनस्र्थापनाका लागि मानव पुँजीमा लगानीका लागि बढाउन आवश्यक छ । ठूलो र दीगो परिवर्तनका लागि तीन तहका सरकारबीच आपसी सहकार्य आवश्यक छ ।’
महामारीको असरले विश्वका विद्यालय शिक्षा प्राप्त गर्ने क्रममा रहेका एक अर्ब बालबालिकाको आधा विद्यालय शिक्षामा असर पर्न सक्छ । खासगरी घरपरिवारको आयमा कमीका कारण शिक्षामा खर्च गर्ने क्षमता कमजोर भएको छ । खासगरी महिलाहरु र विपन्न घरपरिवारमा महामारीको असर भयावह छ । यसले खाद्य असुरक्षा र गरिबी बढाएको छ ।
विश्व बैंकले सन् २०२० को मानव पुँजी विकास सम्बन्धि सुचकांक तयार गर्दा महामारी सुरु हुँदाको अवस्था सम्मको अर्थात् मार्च २०२० सम्मको तथ्यांकका आधारमा प्रतिवेदन तयार गरेको हो । १७४ देशका ९८ प्रतिशत जनसंख्याबाट संकलित बालबालिकाको शिक्षा र स्वास्थ्यको अवस्थाका आधारमा यो सूचकांक तयार गरिएको विश्व बैंकले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x