Shangrila

जनरल इन्स्योरेन्सको आइपीओ असोज ११ देखि विक्री खुला

काठमाडौं, २ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी असोज ११ गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुटयाइएको छ। यस्तै, सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता छुटयाइएको छ। यो आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्तपुँजी ७० करोड रुपैयाँ रहेको छ। आईपीओ पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *