Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सिन्धुपाल्चोकको ठोकर्पामा सिन्धु विकास बैंकको २३औं शाखा

सिन्धुपाल्चोकको ठोकर्पामा सिन्धु विकास बैंकको २३औं शाखा

काठमाडौं, २ असोज । सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा २३ औं शाखा स्थापना गरेको छ । बैंकले स्थानीय निकायसँग समन्वय गरी स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा दिने उद्देश्यले उक्त शाखा स्थापना गरेको हो ।

सिन्धु विकास बैंकले ठोकर्पामा बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो बैंक बनेको छ ।
बैंकका हालसम्म मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

बैंकले सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालयबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x