Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कामना सेवाले हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधाको व्याजमा छुट दिने

कामना सेवाले हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधाको व्याजमा छुट दिने

काठमाडौं, २ असोज । कामना सेवा विकास बैंक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई व्याजमा विशेष छुट दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९)ले अटो सिक्सा व्यवसायमा प्रभाव परेको भन्दै बैंकले व्याजदरमा छुट योजना सार्वजनिक गरेको हो ।

बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आय भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भादौ महिनाको व्याजमा शतप्रतिशत छुट दिने जनाएको छ । बैंकले साउन महिनाको व्याजमा यातायात व्यवसायीलाई ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई ७० प्रतिशत छुट दिइ कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरिसकेको छ ।

त्यस्तै बैंकले पछिल्लो योजनामा यातायात व्यवसायीहरुको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले बैंकले पुनः भदौ महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता भुक्तान गरेमा भदौ महिनाको ब्याजमा ३० प्रतिशत छुट दिने योजना ल्याएको छ ।

साथै आफ्नो सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी चालु आर्थिक वर्षको त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १२४ वटा शाखा कार्यालय र ६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x