Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटकीय गतिविधि थप खुलाउन र पर्यटन लक्षित राहतको प्रभावकारी कार्यान्वयनमा परिसंघको जोड

पर्यटकीय गतिविधि थप खुलाउन र पर्यटन लक्षित राहतको प्रभावकारी कार्यान्वयनमा परिसंघको जोड

काठमाडौं, ५ असोज । नेपाल उद्योग परिसंघले पर्यटकीय गतिविधि थप खुला गर्न र पर्यटन क्षेत्रको राहत प्रभावकारी ढंगले कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसँग आइतवार भएको भच्र्युअल अन्तरक्रियामा परिसंघले यस्तो आग्रह गरेको हो ।
अन्तरक्रिर्यामा परिसंघका अध्यक्ष सतीशकुमार मोरले पर्यटन पुनर्उत्थानका कामहरु सुस्त भएको डिमाण्ड शुल्क मिनाहा गर्ने लगायत बजेट तथा मौद्रिक नीतिमा आएका राहतको कार्यान्वयनमा ढिलाइ भइरहेकोतर्फ ध्यानाकर्षण गराए । राहत कार्यान्वयनमा ढिलाइ हुँदा भइरहेको क्षतिको जिम्वेवारी लिन पनि सरकार तयार हुनुपर्नेमा समेत उनले जोड दिए ।
अध्यक्ष मोरले कोभिडसँग डराएरभन्दा पनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्था आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए । यसका लागि भएको सरकारी निर्णयको पनि उनले स्वागत गरे । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग तथा सेवा सुचारु गर्दा निजी क्षेत्रसँगको छलफल तथा समन्वयमा जारी गरिने स्वास्थ्य प्रोटोकलको पालना गराउन परिसंघ प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघसंस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनु गरिनु पर्ने र उडानहरुलाई अकस्मात रद्ध गर्ने निर्णय लिन नहुने बताए । हवाइ इन्धनको शुल्क कम गरेर तथा पर्यटकीय पुर्वाधारको सुधार गरेर उड्डयन सेवालाई राहत दिन समेत उनले आग्रह गरे ।
होटल एसोसिएसनका पूर्वअध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबैपक्षमा बिश्वास दिलाउन सहकार्य गरिनु पर्ने बताए । यस्तै ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसा प्रदान गरिनु पर्ने तथा पर्यटकसँग नेपाल भित्रिसकेपछि पिसिआर टेष्ट अनिर्वाय गर्ने सो अवधिका लागि क्वारेन्टाइनको समय तीन दिनमा सिमित गर्ने तथा पिसिआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जान पाउनु पर्ने व्यवस्था हुनुपर्ने बताए ।
यसैगरी पर्वतारोहण संघका अध्यक्ष शान्तविर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा नेपाल सरकारले जारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिंङ्ग एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीहरूले पालना गराउन प्रतिवद्धता समेत व्यक्त गरे ।
परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले कुनै पर्यटक, यात्रु वा पर्यटन क्षेत्रका सम्बद्ध कर्मचारीलाई कोभिड संक्रमण भेटिएमा उपचार र कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने तर यसकै आधारमा उडान रद्द गर्ने वा होटल सिल गर्ने अवस्थामा जानु हुँदैन भन्नेमा जोड दिइन् । होटल मेरियटका प्रवन्ध निर्देशक गौरव अग्रवालले ठूला होटलहरुका लागि पुनर्कर्जाको रकम बढाउनु पर्नेमा ध्यानाकर्षण गराए ।
उक्त अवसरमा पर्यटनमन्त्री भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण रहेको बताए । साथै सावधानीपूर्वक पर्यटकीय गतिविधी खुला गर्न सबै पक्षको सहकार्य आवश्यक भएको उनले औंल्याए । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ्ग पास लिएको ७२ घण्टा भित्रको पी.सि.आर. टेस्ट नेगेटिभ लिएर आउदा पर्यटकलाई नेपाल आउन रोक नभएको बताए । अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनि मन्त्री भट्टराईले उल्लेख गरे । पर्यटन क्षेत्रको पुनस्र्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि उनले जानकारी एि ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x