Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

नक्कली भ्याट बिलमा ११ करोडको मुद्दा

नक्कली भ्याट बिलमा ११ करोडको मुद्दा

काठमाडौं, ६ असोज । राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को प्रयोग गरी राजस्व छलेको आरोपमा दुई फर्म विरुद्ध ११ करोड ३१ लख रुपैँया विगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
चितवन भरतपुर स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक केशवराज कँडेल समेत तीन जनालाई ६ करोड २२ लाख ७४ हजार दुई सय रुपैयाँको विगो मागदाबी भएको छ । त्यस्तै, झुटा भ्याट बिल प्रयोग गर्ने ललितपुर महानगरपालिका वडा नं. १३ स्काइ लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर वीरेन्द्र कुमार चौधरी, र उक्त फर्मसँग मिसम्याच कारोबारमा रहेको यति इन्टरनेशनलका प्रोपाइटर उषा कुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालक हर्ष चौधरीबाट समेछ गरी ५ करोड ८ लाख ९४ हजार दुई सय १६ रुपैँया विगो दाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।
सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठा र नकली भ्याट बिल मात्र खरिद गरी भ्याट र आयकर समेत छलेको थियो । सन्तोषी निर्माण सेवाका सञ्चालकहरु अर्थात् मुद्दामा प्रतिवादी बनाइएकाहरुलाई २ करोड तीन लाख भ्याट, ३ करोड ६७ लाख आयकर र लाभांश कर र लाभांश ५२ लाख ३४ हजार रुपैँया छली गरेको निर्धारण गरेको छ ।
त्यस्तै स्काइलाइन ट्रेडर्सले पनि वस्तु तथा सेवा खरिद नै नगरी नक्कली भ्याट बिल खरिद गरेर राजस्व चुहावटको कसुर गरेको विभागले उल्लेख गरेको छ । स्काइलाइन र यससँग सम्बन्धित अन्य फर्महरुको कारोबारमा मिसम्याच देखिएपछि विभागले मुद्दा दायर गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *