Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सोमबार शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्यो

सोमबार शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, ५ असोज । यो साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार परिसूचक घटेको छ । कारोबार शुरु भएदेखि नै घट्ने क्रममा रहेको बजार परिसूचक तीब्र उतार चढाबकाबीच ६.१२ अंकले घटेर १५६९.०६ विन्दुमा झरेको छ ।

कारोबारमा आएका १२ समूह मध्ये उत्पादन र प्रशोधन समूह बाहेक बाँकी अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूहको पनि ०.४ प्रतिशतले मात्र बढेको छ ।

त्यस्तै कारोबार पनि हिजोको तुलनामा केही घटेको छ । आज १ सय ९५ वटा कम्पनीको २ अर्ब ६१ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

आज युनाइटेड फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिशेयर २ सय २० रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा भने लिबर्टी इन्र्जी रहेको छ । यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले गिरावट आएको छ ।

यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल बैंकको भएको छ । बैंकको २१ करोड २६ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । आज बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ३३ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x