Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकमा अनलाईबाटै भौचर भर्न सक्ने सुविधा

एनआईसी एशिया बैंकमा अनलाईबाटै भौचर भर्न सक्ने सुविधा

काठमाडौं, ५ असोज । एनआईसी एशिया बैंकले अनलाईनबाटै भौचर भर्न सकिने व्यवस्था गरेको छ । समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले आफ्नो ग्राहकको सहजताका लागि घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको जानकारी दिएको छ।

बैंकको https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिनेछ । उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईने र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x